IME Life New

धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरणका लागि सेबोनमा छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा छलफल भएको छ।

सेबोनको खुमलटारस्थित कार्यालयमा बुधबार भएको छलफलमा सेबोन, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससी तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए। बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनका लागि अपनाउनुपर्ने कार्यको समयसीमासहितको कार्ययोजनामा छलफल भएको थियो।

Esewa
Crest

सेटलमेन्ट सुनिश्चितता सुदृढ गर्ने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन तथा सम्बन्धित निकाय र धितोपत्र व्यवसायीहरूको भूमिकासम्बन्धी विषयमा सरोकारवालाले आआफ्ना धारणा राखेका थिए।

सेबोनले बजार स्थायित्व सुनिश्चित गर्न तथा लगानीकर्ताको हित संरक्षणका लागि सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी कार्यान्वयनका लागि आयोजना गरेको उक्त बैठकमा नेप्से र सीडीएससीले प्रणाली तथा क्लियरिङसम्बन्धी तयारी प्रस्तुत गरेका थिए।

त्यसैगरी एसोसिएसनले बजार सञ्चालनको व्यवहारिक अनुभवका आधारमा सुझावहरू प्रदान गरेको थियो। सेटलमेन्ट ग्यारेन्टी फन्डको सहज र प्रभावकारी कार्यान्वयनका लागि थप प्राविधिक छलफल गर्दै समन्वयात्मक रुपमा अघि बढ्ने बैठकको निष्कर्ष रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS