IME Life New

नेप्सेमा झिनो वृद्धि, कारोबार रकम ६ अर्ब २० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५२ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २२ करोड माथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ८ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS