IME Life New

विश्वमा खस्कियो नेपाली पासपोर्टको स्तर, शक्तिशाली पासपोर्ट कुन देशको ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वस्तरमा नेपाली पासपोर्टको स्तरमा खस्किएको छ। वर्ष २०२६ का लागि हेन्ले पासपोर्ट इन्डेक्सले जारी गरेको विश्वका पासपोर्टहरुको स्तरसम्बन्धी सूचीमा नेपाली पासपोर्ट २ स्थान तल झरेको हो।

वर्ष २०२५ मा नेपालको पासपोर्ट ९४ औँ स्थानमा थियो। वर्ष २०२६ मा २ स्थान खस्किएर ९६ औँ स्थानमा उक्लिएको छ। नेपालको पासपोर्टबाट ३५ देशमा भिसा फ्री (बिना भिसा) यात्रा गर्न सकिने हेन्ले इन्डेक्स जारी गरेको प्रतिवेदनमा उल्लेख छ। वर्ष २०२५ नेपाली पासपोर्टबाहके बिना भिसा ३८ देशको यात्रा गर्न सक्थे।

Esewa
Crest

वर्ष २०२६ मा छिमेकी मुलुक भारतको पासपोर्टको स्तर बढेर ८० औँ स्थानमा उक्लेको छ। अघिल्लो वर्ष भारतको पासपोर्ट ८५ औँ स्थानमा रहेको थियो। भारतको पासपोर्टबाहकले ५५ देशमा बिना भिसा यात्रा गर्न पाउँछन्। यो स्थानमा भारतसँगै अल्जेरिया र नाइजर रहेका छन्।

वर्ष २०२६ मा पनि सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको छ। शीर्ष स्थानमा रहेको सिंगापुरको पासपोर्टधारकले विश्वका २२७ गन्तव्यमध्ये १९२ गन्तव्यमा भिसा फ्री यात्रा गर्न सक्छन्।

सिंगापुरपछि जापान र दक्षिण कोरियाको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली पासपोर्ट हुन्। यी देशको पासपोर्टबाट १८८ देश बिना भिसा यात्रा गर्न सकिन्छ।

तेस्रो स्थानमा डेनमार्क, लक्जम्बर्ग, स्पेन, स्विडेन र स्विट्जरल्यान्ड छन्। यी देशका पासपोर्टधारकले १८६ देशमा भिसा फ्री यात्रा गर्न पाउँछन्।

अस्ट्रिया, बेल्जियम, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, आयरल्यान्ड, इटाली, नेदरल्यान्ड्स र नर्वेको पासपोर्ट चौथो स्थानमा छन्। यी देशको पासपोर्ट बोक्नेले १८५ गन्तव्यमा भिसा फ्री यात्रा छन्।

हंगेरी, पार्चुगल, स्लोभाकिया, स्लोभानिया र यूएईको पासपोर्ट १८४ भिसा फ्री गन्तव्यका साथ सूचीमा पाँचौँ स्थानमा छन्।

हेन्ली पासपोर्ट इन्डेक्सले भिसा फ्री प्रवेशका आधारमा मापन गरेर विश्वका पासपोर्टहरुलाई स्थान दिन्छ। अर्थात् जुन देशको पासपोर्ट प्रयोग गरेर भिसा फ्रीमा अधिकांश गन्तव्यमा यात्रा गर्न सकिन्छ, त्यो देशको पासपोर्ट सबैभन्दा शक्तिशाली हुन्छ। यो इन्डेक्स अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्राप्त विशेष तथ्यांकका आधारमा तयार गरिएको हो।

विश्वको सबैभन्दा कमजोर पासपोर्ट आफगानिस्तानको देखिएको छ। सूचीको पुछारमा रहेको यो देशको पोसपोर्ट बोक्नेले २४ वटा देशमा मात्रै भिसा फ्री यात्रा गर्न पाउँछन्।

Henley Passport Index 2026 January Global Ranking

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS