IME Life New

माघका लागि थप घट्यो ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुले माघका लागि ब्याजदर थप घटाएका छन्।

आज अधिकांश बैंक तथा वित्तीय संस्थाले आज माघका लागि लागू हुने ब्याजदरसम्बन्धी सूचना सार्वजनिक गरेका छन्। हालसम्म प्राप्त सूचनाअनुसार ७ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेप अधिकतमको ब्याजदर घटाएका छन् भने ६ वटा स्थिर राखेका छन्। एउटाले ब्याजदर बढाएको छ।

Esewa
Crest

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने वाणिज्य बैंकहरुमा कुमारी, एभरेष्ट, एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, लक्ष्मी सनराइज र सिद्धार्थ रहेका छन्। माघका लागि ब्याजदर घटाएर कुमारीले ४.२३ प्रतिशत, एभरेष्टले ४.४० प्रतिशत, एसबीआईले ४.४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, सिटिजन्सले ४.५० प्रतिशत, लक्ष्मी सनराइजले ४.५० प्रतिशत र सिद्धार्थले ४.५५ प्रतिशत कायम गरेका छन्।

पुसमा कुमारीले ४.३३ प्रतिशत, एभरेष्टले ४.७५ प्रतिशत, एसबीआईले ४.५५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.६० प्रतिशत, सिटिजन्सले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ४.७५ प्रतिशत र सिद्धार्थले ५.० प्रतिशत ब्याज दिएका थिए।

यसैगरी माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर राख्ने वाणिज्य बैंकहरुमा नेपाल बैंक, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, एनएमबि र राष्ट्रिय वाणिज्य बैंक छन्। पुसमा नेपाल बैंकले ५.१० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ५.० प्रतिशत, एनआईसी एसियाले ५.० प्रतिशत, एनएमबिले ५.० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.० ब्याज दिएका थिए। यही ब्याजलाई यी बैंकहरुले माघमा पनि निरन्तरता दिएका छन्।

त्यस्तै प्राइम बैंकले भने माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ४.४० प्रतिशत कायम गरेको छ। पुसमा बैंकले ४.२५ प्रतिशत ब्याज दिएको थियो।

उता राष्ट्रियस्तरका अधिकांश विकास बैंकले माघका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर समान ५.४३ प्रतिशत कायम गरेको छ। राष्ट्रियस्तरका अधिकांश विकास बैंकले पुसमा ५.५५ प्रतिशत ब्याज दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS