IME Life New

जर्मनी र क्यानडालाई उछिन्दै भारतीय बीमा बजार, अबको १० वर्षमा विश्वको छैटौँ ठूलो बन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बीमा बजार अबको १० वर्षमा विश्वको छैटौँ हुने अनुमान गरिएको छ।

ग्यालाघर रिको एसिया प्यासिफिक मार्केट वाच प्रतिवेदनमा यस्तो अनुमान गरिएको छ। यो उपलब्धि हासिल गर्न भारतीय बीमा बजारले जर्मनी, क्यानडा, इटाली र दक्षिण कोरियालाई उछिन्ने प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

भारतमा २८ निर्जीवन बीमा कम्पनी र ७ वटा स्ट्यान्डअलोन स्वास्थ्य बीमा कम्पनी छन्। पाँच राज्य स्वामित्वका कम्पनीहरुले अझै पनि निर्जीवन क्षेत्रमा प्रभुत्व जमाउँछन्। यद्यपि आईसीआईसीआई लोम्बार्ड, बजाज एलियान्ज र टाटा एआईजीजस्ता निजी कम्पनी पनि भारतीय बजारका प्रमुख खेलाडी हुन्।

भारतमा पुनर्बीमा व्यवसायको लगभग आधा हिस्सा राज्य स्वामित्वको जीआईसी रिद्वारा राखिएको छ। बाँकी मुख्यतया लोयडसहित १३ विदेशी पुनर्बीमा शाखाहरुको हिस्सा रहेको छ।

अप्रिल २०२५ मा नियामकहरुले भारतको पहिलो घरेलु निजी पुनर्बीमाकर्ता भ्यालुटिक्स रिलाई अनुमोदन गरे। भारत सरकारले हालको ७४ प्रतिशत सीमाबाट बढाएर बीमामा १०० प्रतिशत विदेशी स्वामित्वलाई अनुमति दिने दिशामा पनि अघि बढिरहेको छ। गत वर्षको सुरुमा एलियान्जले बजाज इन्स्योरेन्ससँगको संयुक्त उद्यमबाट बाहिरिने र रिलायन्स इन्डस्ट्रिजको जियोसँग नयाँ उद्यम बनाउने घोषणा गरेको थियो।

निर्जीवन बीमको कुल बीमाशुल्क मार्च २०२५ सम्ममा ६.२ प्रतिशतले बढेर ३५.९ अर्ब डलर पुगेको छ। जुन एक वर्षअघिको तुलनामा १२.८ प्रतिशतले बढी हो।

भारतमा स्वास्थ्य बीमा ३८.६ प्रतिशत हिस्साका साथ सबैभन्दा ठूलो क्षेत्र रह्यो। त्यसपछि मोटर बीमा ३२.२ प्रतिशत हिस्साका साथ तर बढ्दो लागत, कमजोर सवारीसाधन बिक्री र मूल्य प्रतिस्पर्धाका कारण दुवैले सुस्त वृद्धि अनुभव गरे।

लामो अन्डरराइटिङ घाटाले उद्योगको संयुक्त अनुपात १०० प्रतिशतभन्दा माथि राखेको छ। जब कि बीमा प्रवेश जीडीपीको ३.४ प्रतिशतमा कम रहेको छ। जसले सीमित दीर्घकालीन वृद्धि सम्भावनालाई औँल्याउँछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS