काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ९० अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दोर्दी खोलाका लगानीकर्ताले ९ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।













