काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा बन्द भएको हो।
यो दिन नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज जलविद्युत समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.४८ प्रतिशतले घटेका छन्।
बजारमा आज ११८ कम्पनीको शेयरभाउ बढेको छ भने १३४ कम्पनीको घटेको छ। यो दिन ८ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ५४ करोड ६५ लाख रुपैयाँ
- एसवाई प्यानलः ३४ करोड ८१ लाख रुपैयाँ
- बुटवल पावरः २८ करोड १३ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः २६ करोड ५७ लाख रुपैयाँ
- दोर्दीखोला जलविद्युतः २५ करोड ८२ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २३ करोड ६१ लाख रुपैयाँ
- शिवम सिमेन्टः १७ करोड १ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः १६ करोड ९ लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः १५ करोड ८२ लाख रुपैयाँ
- सान्भी इनर्जीः १५ करोड ६ लाख रुपैयाँ












