IME Life New

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु-याउँदै आएको सहयोगको महत्व उल्लेख गरे ।

Esewa
Crest

वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । जसले उनको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ । सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई मेम्बर अफ द इयर २०२५ को सम्मान प्रदान गरिएको थियो भने कल्याण सिलवाललाई NICCI CSR Community 2025 Award’ प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS