काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४१ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५१ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ४९ सय ९० रुपैयाँमा पिकनबेच भएको थियो ।












