IME Life New

श्री डिस्टिलरीले डाक्यो साधारणसभा, हकप्रद जारीसहित यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री डिस्टिलरीले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो माघ २० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासीको अरुणखोलास्थित उद्योगस्थलमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि तथा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व प्रतिशत संशोधन गरी प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले शेयर खरिद तथा हस्तान्तरणसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक प्रावधान थप गरी प्रबन्धपत्रको सम्बन्धित दफामा र साधारणसभा गर्ने स्थानबारे व्यवस्था गरी नियमावलीको सम्बन्धित नियममा आवश्यक संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले हाल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने तथा शेयर जारी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले सञ्चालक समितिको निर्णयहरु पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS