IME Life New

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द« भण्डारीले श्री भविष्य निर्माण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ् समुदायका बालबालिकाहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै नारायणगढ क्षेत्र प्रमुख भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाहरुको स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । प्रमुख अतिथिका रूपमा उपस्थित वडा अध्यक्ष अर्जुन प्रजाले बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै कामना सेवा विकास बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजा, प्रमुख अतिथि राप्ती नगरपालिका–१२ का वडा अध्यक्ष अर्जुन प्रजा, बैंकका कर्मचारीहरु तथा राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS