IME Life New

बैंकको मुद्दति निक्षेपमा पौने ७ खर्ब नाघ्यो बीमकहरुको लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब ९ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७८ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब २३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलना समीक्षा अवधिसम्म बीमकको लगानी ८.८१ प्रतिशतले बढेको हो।

Esewa
Crest

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।

यसैगरी चालु वर्षको मंसिरसम्म कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ७४ अर्ब ६० करोड ६९ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब ७९ अर्ब १६ करोड ६२ लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको लगानी २.५४ प्रतिशतले घटेको छ।

उता नागरिक लगानी कोषले समीक्षा अवधिसम्म बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ४२ अर्ब ६९ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब ३५ अर्ब ५ करोड २० लाख रुपैयाँ लगानी गरेको थियो। कोषको लगानी ५.१५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४७ खर्ब ८१ अर्ब १५ करोड ८५ लाख रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४१ खर्ब ८१ अर्ब ४० करोड ५ लाख रुपैयाँ निक्षेप रहेको थियो। सर्वसाधारणको निक्षेप १४.३४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS