IME Life New

बुढानीलकण्ठ हेरिटेजको साढे ८ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुढानीलकण्ठ हेरिटेजको साढे ८ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ८ लाख ५४ हजार २८१ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापक शेयरधनीका साथै सर्वसाधारणले पनि खरिद आवेदन दिन दिन पाउनेछन्।

Esewa
Crest

यो शेयरमा संस्थापक समूहले न्यूनतम १ हजार कित्ता र बाह्य व्यक्ति तथा संस्थाले २० हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ कायम गरिएको छ। यसको अर्थ न्यूनतम १५० रुपैयाँ वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन बुढानीलकण्ठस्थित कम्पनीको रजिस्टर्ड कार्यालय होटल लेमन ट्री प्रिमियरमा बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS