काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सबै बीमकलाइ वेबसाइटमा अत्यावश्यक विवरणहरू अद्यावधिक गर्न निर्देशन जारी गरेको छ।
प्राधिकरणको सम्पत्ती शुद्धिकरण निवारण शाखाले पत्र संख्या ५३ चलानी नम्बर ३९७१ मार्फत् पाैष २४ गते बिहीबारको मितिमा जारी गरेको निर्देशनमा बीमकको शाखा सञ्जाल र कार्यालय प्रमुखको विवरण सहितको अअद्यावधिक विवरण प्रकाशन गर्न निर्देशन जारी गरेको हो।
पत्रमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, को दफा ३५ग बमोजिम सार्वजानिक रुपमा उपलब्ध हुने गरी वेबसाइटमा निम्न विवरणहरू अद्यावधिक गर्नु हुन निर्देशन दिइएको छः
१. बीमकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालय रहेको स्पष्ट ठेगाना तथा सम्बन्धित कार्यालय प्रमुखको विवरण।
२. बीमकको दर्ता मिति तथा इजाजतपत्र नम्बर ।
३. कानूनी स्वरूप एवं कार्य क्षेत्र खुल्ने संक्षिप्त परिचय।
४. नियमन गर्ने निकाय तथा नियमन सम्बन्धी कानून (बीमा ऐन, बीमा नियमावली, प्राधिकरणबाट जारी सम्पूर्ण निर्देशन तथा मार्गदर्शनहरु) ।
५. बीमकको सञ्चालक समितिको सदस्यको नाम, नामेसी विवरण।
६. बीमकको अन्य समितिका पदाधिकारीको परिचय खुल्ने विवरण।
७. अन्य कुनै कानूनले सार्वजनिक गर्नुपर्ने भनी तोकिएको विवरण।












