IME Life New

निर्जीवन बीमकको व्यापार १४% ले बढ्दा कुन प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकको व्यापार चाल आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्ममा करिब २ अर्ब रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले यो ५ महिना मंसिरसम्म १९ अर्ब ९८ करोड ५६ लाख रुपैयाँबराबरको व्यापार गरेका छन्। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म यी कम्पनीहरुले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँबराबरको व्यापार भित्र्याएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १४.१० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीहरुले सर्वाधिक व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले १३ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १७.१९ प्रतिशतले बढी हो भने कुल व्यापारमा ६८.१८ प्रतिशत हिस्सा हो।

यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट गरेका छन्। यो प्रदेशबाट कम्पनीहरुले १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारमा ८.६१ प्रतिशत हिस्सा रहेको छ।

त्यस्तै तेस्रो धेरै व्यापार कम्पनीहरुले कोशी प्रदेशबाट गरेका छन्। यो प्रदेशमा कम्पनीहरुले १ अर्ब ६६ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यो शुल्क कुल व्यापारमा ८.३१ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म निर्जीवन बीमकहरुले मधेश प्रदेशबाट १ अर्ब ३१ करोड २५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ५५ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ४७ करोड ५० लाख रुपैयाँ र कर्णालीबाट १८ करोड ६१ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा मधेश प्रदेशको ६.५७ प्रतिशत, गण्डकीको ५.०३ प्रतिशत, सुदूरपश्चिमको २.६८ प्रतिशत र कर्णालीको ०.९३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS