काठमाडौं । शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। यो दिन नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेको छ भने ११ वटा घटेको छ। यो दिन वित्त समूह सर्वाधिक ०.२१ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ६२ कम्पनीको शेयरभाउ बढ्दा १८७ कम्पनीको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यालनको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एसवाई प्यालनः २६ करोड ९४ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः २३ करोड ५५ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २० करोड ४७ लाख रुपैयाँ
- शिवम सिमेन्टः १६ करोड १० लाख रुपैयाँ
- सागर डिस्टिलरीः १५ करोड ६८ लाख रुपैयाँ
- सान्भी इनर्जीः १४ करोड ६१ लाख रुपैयाँ
- बुटवल पावरः १२ करोड ४२ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः ११ करोड ५५ लाख रुपैयाँ
- राधी विद्युतः १० करोड १३ लाख रुपैयाँ
- ट्रेड टावरः ९ करोड ९४ लाख रुपैयाँ












