IME Life New

राधी विद्युतको स्थगित साधारण सभा पुस ३० गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो वार्षिक साधारण सभा पुनः आगामी पुस ३० गते गर्ने भएको छ । कम्पनी ऐन बमोजिम आवश्यक गणपूरक सङ्ख्या (कोरम) नपुगेपछि पूर्वनिर्धारित सभा स्थगित गरी नयाँ मिति तय गरिएको जनाएको छ ।

पुस २२ गते मङ्गलवार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्थगित साधारण सभा पुनः बोलाउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार अब कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते बुधवार बिहान ८ बजे सञ्चालन हुनेछ।

Esewa
Crest

कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्र अनुसार, आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा यसअघि पुस २२ गतेका लागि तय गरिएको थियो। तर, सो दिन कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालन गर्न आवश्यक सदस्यहरूको उपस्थिति नपुगेपछि सभा रोकिएको थियो ।

1767699184129

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS