काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव ९३ अंकले बढेर २,६४९ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै जिवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टारका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । हिमालयन ८० २० का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।













