काठमाडौं । शेयर बजार मंगलबार बढेको छ। यो दिन बजार ९.९३ अंकले बढेर २६४९.३० को विन्दुमा बन्द भएको छ।\
यो दिन नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। आज वित्त समूह सर्वाधिक २.८७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५१ प्रशितले घटेको छ।
बजारमा आज १४८ कम्पनीको शेयरभाउ बढ्दा १०३ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ७ अर्ब बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्लानलको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एसवाई प्यानलः २४ करोड ८८ लाख रुपैयाँ
- टवल पावरः २३ करोड ६७ लाख रुपैयाँ
- शिवम सिमेन्टः २३ करोड ४७ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः २१ करोड ५५ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः १९ करोड ८१ लाख रुपैयाँ
- सागर डिस्टिलरीः १८ करोड ४५ लाख रुपैयाँ
- राधी विद्युतः १७ करोड ६७ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः १७ करोड ६५ लाख रुपैयाँ
- सिद्धार्थ बैंकः १६ करोड ५५ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः १६ करोड १२ लाख रुपैयाँ












