काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९३ अंकले बढेर २,६४९ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावरको २३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जिवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टारका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् । हिमालयन ८० २० का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।












