IME Life New

नयाँ वर्ष २०२६ को अवसरमा स्मार्ट फ्राइडे इन्साइट सिरिज अन्तर्गत एपिसोड ०२ आयोजना हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्ष २०२६ को अवसर पारेर लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित SMART Growth Venture Pvt. Ltd. द्वारा सुरु गरिएको ‘SMART Friday Insight Series’ अन्तर्गत Episode–02 आगामी शुक्रबार, ०९ जनवरी २०२६ (२५ पुष २०८२) मा आयोजना हुने भएको छ।

यस एपिसोडमा “सामाजिक सुरक्षा कोष (Social Security Fund)” विषयमा केन्द्रित रहेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीसम्बन्धी अभिमुखीकरण प्रदान गरिनेछ। कार्यक्रम सामाजिक सुरक्षा कोष सँगको सहकार्यमा आयोजना हुँदैछ, जसमा वरिष्ठ सहायक निर्देशक जय कृष्ण दुलाल प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन।

Esewa
Crest

यो साप्ताहिक अनलाइन कार्यक्रम हरेक शुक्रबार साँझ ६:३० देखि ८:०० बजेसम्म सञ्चालन हुने गर्दछ, जसमा लगानीकर्ताहरूले Google Meet तथा YouTube Live मार्फत प्रत्यक्ष सहभागिता जनाउन सक्नेछन्। यस कार्यक्रमलाई Nepse Alpha ले विशेष सहयोग गरेको छ।

SMART Friday Insight Series को मुख्य उद्देश्य लगानीकर्तालाई पुँजीबजारसम्बन्धी सही, व्यवहारिक तथा नीतिगत जानकारी प्रदान गर्दै वित्तीय रूपमा सशक्त बनाउनु रहेको छ। यसअघि मिति ०२ जनवरी २०२६ मा सम्पन्न Episode–01 मा Citizens Share Broker Ltd. (Broker No. 91) सँगको सहकार्यमा “Collateral को स्मार्ट प्रयोग” विषयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

SMART Growth Venture Pvt. Ltd. का अनुसार, यो शृङ्खला नेपालमा जिम्मेवार, सचेत र दीर्घकालीन सोच भएका लगानीकर्ता तयार पार्ने अभियान को एक हिस्सा हो। SMART का प्रतिनिधिले भने, “लगानीकर्ता शिक्षाबिना सबल पुँजीबजार सम्भव छैन। SMART Friday Insight Series मार्फत हामी सिकाइ, संवाद र विश्वासको साझा प्लेटफर्म निर्माण गर्न चाहन्छौं।”

हाल कार्यक्रममा सहभागिताका लागि दर्ता खुला गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक सबै लगानीकर्तालाई अनिवार्य रूपमा अग्रिम दर्ता गर्नुपर्ने भएकाले समयमै दर्ता गर्न आयोजकले आग्रह गरेका छन्।

कार्यक्रम विवरण:
• कार्यक्रम: SMART Friday Insight Series – Episode 02
• मिति: शुक्रबार, ०९ जनवरी २०२६ (२५ पुष २०८२)
• समय: साँझ ६:३० – ८:००
• Registration Form Link: https://forms.gle/WDvF1Yn7P1VGnXWd8
• आयोजक: SMART Growth Venture Pvt. Ltd.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS