काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३१ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १९५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।












