IME Life New

मूल्य समायोजनपछि यी ३ कम्पनीको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि ३ कम्पनीको मूल्य समायोजन गरेको छ।

नेप्सेले एनएलजी इन्स्योरेन्स, नेसनल माइक्रोफाइनान्स र विन्ध्यावासिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ६७१.१५ रुपैयाँ, नेसनल माइक्रोफाइनान्सको ११४२.२३ रुपैयाँ र विन्ध्यावासिनी ४५५.१४ रुपैयाँ कायम भएको छ।

Esewa
Crest

सोमबारको अन्तिम कारोबारअनुसार प्रतिकित्ता एनएलजी इन्स्योरेन्सको ६९८ रुपैयाँ, नेसनल माइक्रोफाइनान्सको १३०५ रुपैयाँ र विन्ध्यावासिनी ४७७.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको शेयर कारोबारमा आउनेछ।

एनएलजी इन्स्योरेन्स, नेसनल माइक्रोफाइनान्स र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ आज पुस २२ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।

एनएलजी इन्स्योरेन्सले आफ्नो २० औँ वार्षिक साधारणसभा यही पुस ३० गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजेबाट गर्दैछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँबराबरको नगद लाभांश छन्। यी दुवै लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको छ।

यसैगरी नेसनल माइक्रोफाइनान्सले आफ्नो १२ औँ वार्षिक साधारणसभा यही पुस ३० गते काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेबाट गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

विन्ध्यावासिनी हाइड्रोपावरले पनि आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस ३० गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान १० बजेबाट गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS