काठमाडौं । सोमबार नेप्से परिसूचक २६३९.३७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २८.७३ अंकले बढेको छ। सोमबार बजार बन्द हुँदा उच्च विन्दु मै बन्द भएको हुनाले बजार इण्ट्राडे हाइमा बन्द भएको हो । इण्ट्राडे हाईमा बजार बन्द हुनुलाई बजार बन्द हुँदा खरिद कर्ता आकर्षित भएको बुझ्न सकिन्छ । आजको बजारमा शीर्ष वृद्धि हुने कम्पनीको सूची हेर्दा भर्खरै आईपीओ सूचीकृत भएका कम्पनीहरु छन् ।
६ अर्ब ४७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ८१ करोड ७६ लाखको कारोबार भएको छ जसमा ३९ करोड ५० लाखको खरीद छ भने ४२ करोड २६ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २५ करोड ७१ लाखको खरीद छ भने २४ करोड २१ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।













