काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र श्रीनगरका लगानकिर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानकिर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।













