काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ६५ लाख रुपैयाँको शेयर। कारोबार भएको छ । श्रीनगर एग्रिटेकको २२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र श्रीनगरका लगानकिर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानकिर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।












