IME Life New

असोजको बाढीपहिरो: कुन कम्पनीमा पर्यो कति दाबी ? हालसम्म भुक्तानी कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १८ को वर्षाका कारण सिर्जित बाढीपहिरोको क्षतिमा हालसम्म बीमा कम्पनीहरुमा ४ अर्ब १९ करोड रुपैयाँको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १६ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीले हालसम्म ७९९ वटा दाबीको ४ अर्ब १९ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। त्यसमध्ये कम्पनीहरुले हालसम्म १९ करोड ६३ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन्।

Esewa
Crest

तथ्यांकअनुसार सबैभन्दा धेरै रकम दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६० वटा दाबीको ६४ करोड ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ८ वटा दाबीको ९ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी दोस्रो धेरै रकम दाबी भुक्तानी गर्नेमा युनाइटेड अजोज इन्स्योरेन्स रहेको छ। हालसम्म यो कम्पनीमा ३४ वटा दाबीको ६० करोड ६२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ भने कम्पनीले हालसम्म एउटा दाबीको ३ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ।

तेस्रो धरै रकम दाबी भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले हालसम्म ७० वटा दाबीको ५४ करोड ९४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १५ वटा दाबीको २ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ।

त्यस्तै सर्वाधिक रकमको दाबी एनएलजी इन्स्योरेन्समा परेको छ। यो कम्पनीले हालसम्म ५१ वटा दाबीको ७८ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ भने हालसम्म ३ वटा दाबीको ३१ लाख ९० हजार रुपैयाँमात्रै भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS