IME Life New

सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले भालि पुस २१ गते बूक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नेछन्।

गत आर्थिक वर्षको नाफाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।  इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाडौंमा बिहानको ११ बजे गर्ने जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश र कालिका लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS