IME Life New

जेनजी आन्दोलनः भौतिक क्षतिको कुन कम्पनीले हालसम्म कति गरे बीमा दाबी भुक्तानी ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट क्षतिग्रस्त भौतिकको हालसम्म बीमा कम्पनीहरुमा २३ अर्ब ४६ करोड रुपैयाँ बढीको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १६ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार ३१६ वटा दाबीको २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म कम्पनीहरुले ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

Esewa
Crest

हालसम्म सबैभन्दा बढी बीमा दाबी रकम भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ४०९ वटा दाबीको ५ अर्ब ५७ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म १ करोड ९१ लाख ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी दोस्रो धेरै बीमा दाबी रकम भुक्तानी गर्नेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। यो कम्पनी हालसम्म १ अर्ब ११ करोड ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ। हालसम्म यो कम्पनीमा २२० वटा दाबीको २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

शिखर इन्स्योरेन्स धेरै बीमा दाबी रकम भुक्तानी गर्ने तेस्रो कम्पनी हो। यो कम्पनीले ४४९ वटा दाबीको २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ७३ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको छ।

हालसम्म कुन कम्पनीबाट कति भुक्तानी ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS