IME Life New

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बाँडफाँट, शेयर पर्यो कि परेन यसरी हेर्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई जारी गरेको आइपीओ आज पुस १८ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीलाई सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि गत पुस ७ गतेदेखि पुस ११ गतेसम्म बिक्री खुला गरेको थियो।

Esewa
Crest

बुक बिल्डिङ विधिबाट जारी यो आइपीओमा सर्वसाधारणले प्रतिकित्ता ८२०.८० रुपैयाँ तिरेका छन्। सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

क्यापिटलका अनुसार कुल ५ लाख ३२ हजार ८८८ आवेदकले २ करोड ७३ लाख १५ हजार १०० कित्ताका लागि आवेदन दिएका थिए। जसमा कुल ५ लाख १९ हजार ४६ आवेदकबाट माग भएको २ करोड ६६ लाख ३ हजार ७०० कित्ता सदर भएको छ भने १३ हजार ८४२ आवेदकबाट माग भएको ७ लाख ११ हजार ४०० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा सदर आवेदकमध्ये १८ हजार ४९५ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् भने तिनै आवेदकमध्ये ६० कित्ताभन्दा माथि आवेदन दिने १८ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ५ लाख ५५१ जनाको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको ‘मेरो शेयर’ र ष्उयचभकगति।अमकअ।अयm।लउ मा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS