IME Life New

कामना सेवा विकास बैंकद्वारा विपन्न परिवारलाई फाईबर सिरक वितरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत लहान नगरपालिका वडा नं. ५ बस्ने गरिब, दलित तथा अत्ति बिपन्न वर्गहरुलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।

बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गरे । बैंकका मधेश प्रदेश प्रमुख चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम स्थानीयलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Esewa
Crest

उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS