IME Life New

तपाइँको फोन ह्याक त भएको छैन ? यो हो चेक गर्ने सहज तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन अहिलेको जमानामा एउटा महत्वपूर्ण ग्याजेट हो। जसमा गोप्य विवरण, निजी तस्बिरका साथै बैंकिङ विवरण र कारोबारसँग सम्बन्धित ओटीपी आउँछ।

स्मार्टफोन यदि कसैले ह्याक गरेको छ भने त्यस्ता गोप्य विवरण चोरी, कल र म्यासेज लिकसँगै ओटीपी र बैंक खाता खाली हुन सक्छ। साइबर अपराधीहरुले स्मार्टफोन ह्याक गर्न विभिन्न ट्रिक लगाउँछन्। हामी यहाँ तपाइँ आफैँले स्मार्टफोन ह्याकिङबाट बच्ने तरिका बताउन गइरहेका छौँ।

Esewa
Crest

मोबाइलका लागि केही यूएसएसडी कोड हुन्छन्। जसको मद्दतले स्मार्टफोनका केही सर्भिस जाँच गर्न सकिन्छ। यसका साथै आवश्यक परेको खण्डमा ब्लक पनि गर्न सकिन्छ।

एन्ड्रोइड स्मार्टफोनको खोल्नुहोस्। त्यसपछि डायलप्याड खोलेर *#२१# नम्बर डायल गर्नुहोस् र कलिङ बटन थिच्नुहोस्। कलिङ बटन थिचेपछि मोबाइलमा कल फरवार्ड डिटेल्स आउनेछ।

यदि कसैले लुकिछिपी कल फरवार्ड गरेको छ भने उसको डिटेल्स पनि मोबाइल स्क्रिनमा देखिन्छ। स्क्रिनमा नोट फवार्डेड पनि लेखिएको हुन्छ।

फरवार्ड कललाई सजिलै क्यान्सिल गर्न सकिन्छ। यसका लागि मोबाइलमा केवल ##००२# डायल गरेर कलिङ वटन थिच्नुपर्नेछ। त्यसपछि शंकास्पद त्यस्ता कल फरवार्ड सबै क्यान्सिल हुन्छन्।

केही कन्डिसनल फरवार्ड कल पनि हुन्छन्। जस्तैः फोन बिजी हुँदा, कल नउठ्दा र मोबाइल आउट अफ रि हुँदा।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS