काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४४ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।












