IME Life New

१३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । १३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त,श्री इन्भेष्टमेन्ट फाइनान्स,सगरमाथा लुम्बिनी इन्स्योरेन्स, युनाइटेड इदी मर्दी, अपि पावर, हिमालयन लघुवित्त, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रोपावर,कालिका पावर, अरुण भ्याली हाइड्रोपावर र सूर्यज्योति लाइफले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सूर्यज्योति लाइफले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

Esewa
Crest

स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत बोनश शेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश र मेरो माइक्रोफाइनान्स लघुवित्तले ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

ग्लोबल आइएमई लघुवित्तले ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश, हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश र अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यता श्री इन्भेष्टमेन्ट फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश, अपि पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश, कालिका पावरले ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश , युनाइटेड इदी मर्दीले ५ प्रतिशत बोनश शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS