IME Life New

बीमा छ भन्दै मदिराको नशामा दुर्घटना गराउँदा पाइँदैन क्षतिपूर्ति, प्राधिकरणको महत्वपूर्ण फैसला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै गरेको एउटा महत्वपूर्ण फैसलाले ‘बीमा छ भन्दैमा जे गरे पनि क्षतिपूर्ति पाइन्छ’ भन्ने गलत धारणालाई चिरेको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा भएको दुर्घटनामा बीमा कम्पनीले क्षतिपूर्ति दिनु नपर्ने फैसला प्राधिकरणले सुनाएको हो।

प्राधिकरणले हालै एउटा उजुरीमाथि फैसला गर्दै मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भएको दुर्घटनाको क्षतिपूर्ति दिन बीमा कम्पनी बाध्य नहुने ठहर गरेको छ।

Esewa
Crest

के थियो घटना ?

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ राजमार्गमा २०७९ साउन ७ गते बा०१०२५च ३५४३ नम्बरको क्रेटा जिप दुर्घटना भएको थियो। कमल घिमिरेको नाममा रहेको उक्त सवारी उनका छोरा सचिन घिमिरेले चलाइरहेका थिए। गाडी अनियन्त्रित भई बिजुलीको पोल र डिभाइडरमा ठोक्किँदा गाडीमा ठूलो क्षति पुग्नुका साथै चालक र अन्य सवार व्यक्ति घाइते भएका थिए।

बीमित कमल घिमिरेले क्षतिपूर्तिको माग गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविक प्रिमियर इन्स्योरेन्स)मा दाबी पेस गरेका थिए। तर, बीमा कम्पनीले चालकले मदिरा सेवन गरेको भन्दै तेस्रो पक्षबाहेकको आफ्नै गाडीको क्षति दिन इन्कार गरेपछि उक्त मुद्दा बीमा प्राधिकरण पुगेको थियो।

प्राधिकरणको फैसला र कानुनी आधार

प्राधिकरणले बुटवलस्थित चौराहा हस्पिटलको डिस्चार्ज टिकट अध्ययन गर्दा चालकको स्वास्थ्य परीक्षणमा स्पष्ट रुपमा मदिराको प्रभाव रहेको फेला पारेको थियो। प्राधिकरणबाट जारी मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३ को निजी सवारीसाधन बीमालेखको परिच्छेद १ को प्रकरण ५ (ग) मा स्पष्ट व्यवस्था छ। चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको कारणले भएको क्षति वा हानि–नोक्सानी बीमकले भुक्तानी गर्ने छैन।

यसै आधारमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १२८ बमोजिम उजुरीकर्ताको माग दाबी खारेज गरिदिएको छ। बीमितले आफ्नो गाडीको क्षतिको कुनै पनि रकम बीमा कम्पनीबाट पाउने छैनन्।

बीमितले यस फैसलाबाट सिक्नुपर्ने ५ महत्वपूर्ण पाठ

यो फैसला केवल एउटा मुद्दाको निर्णयमात्र नभएर सबै सवारीधनी र चालकका लागि एउटा ठूलो पाठ हो। यसबाट निम्न पक्ष बुझ्न जरुरी छः

  • मापसे र बीमाको सम्बन्ध मदिरा सेवन गरी सवारी चलाउनु कानुनतः अपराधमात्र नभएर यो बीमा सम्झौताको उल्लंघन पनि हो। मापसे गरेर दुर्घटना भएमा बीमा कम्पनीले गाडीको क्षतिको दायित्व वहन गर्दैन।
  • बीमा सर्तहरुको पालना बीमा भनेको बीमित र बीमकबीचको एउटा कानुनी करार हो। करारमा उल्लेखित सर्तहरु (जस्तै मापसे नगर्ने, वैध लाइसेन्स हुने आदि) उल्लंघन भएमा बीमालेख स्वतः निष्क्रियसरह हुन्छ।
  • अस्पतालको रिपोर्टको भूमिकाः दुर्घटनापछि हुने स्वास्थ्य परीक्षणमा खुल्ने विवरण नै बीमा दाबीका लागि मुख्य प्रमाण बन्दछ। कागजातमा कैफियत देखिएमा दाबी प्रक्रिया जटिल वा खारेज हुन्छ।
  • तेस्रो पक्ष र निजी क्षतिबीचको फरकः यस्तो अवस्थामा बीमा कम्पनीले सडकमा रहेका अन्य व्यक्ति वा सम्पत्तिको क्षति त व्यहोर्न सक्छ। तर, बीमितको आफ्नै सवारीको मर्मत खर्च भने दिँदैन। यसले सवारीधनीलाई ठूलो आर्थिक भार पर्न जान्छ।
  • जिम्मेवार ड्राइभिङः बीमा छ जे भए पनि पैसा आइहाल्छ भन्ने सोच राखेर लापरबाही गर्नुहुँदैन। सुरक्षा र कानुनको पालना नै आर्थिक सुरक्षाको पहिलो कडी हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS