IME Life New

घट्यो पेट्रोलियम पदार्थको मुल्य, कति पुग्यो भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बेठकले आज राति १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल /मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले घटाइएको हो ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ, हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोमिटर अमेरिकी डलर ४२ का दरले घटाइएको जनाएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

Esewa
Crest

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैया तोकेको छ ।

यस्तै डिजेल /मट्टितेलपहिलो वर्गका लागि प्रतिलिटर एक सय ३४ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ३६ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ३७ रुपैयाँ निर्धारण गरेको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS