IME Life New

ह्वाट्सएसको ठूलो धमाका, अंग्रेजी नयाँ वर्षमा ल्यायो यस्ता सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले अंग्रेजी नयाँ वर्ष २०२६ को लागि महत्वपूर्ण तयारी गरेको छ। नयाँ वर्षमा मेसेजिङ एपमा नयाँ स्टिकर, नयाँ भिडियो कल इफेक्ट र स्टेटसका लागि नयाँ लेआउट देखिनेछ। ह्वाट्सएपले नयाँ स्टिकर र एनिमेसन जारी गरेको छ।

नयाँ वर्षको दिनमा अन्य दिनको तुलनामा २४ घन्टाको समयमा ह्वाट्सएपले बढी प्रयोग देख्छ। कम्पनी आफैँले आफ्नो आधिकारिक पृष्ठमा यो जानकारी साझा गरेको छ।

Esewa
Crest

विश्वव्यापी रुपमा ह्वाट्सएपको दैनिक औसत प्रयोग १०० अर्ब म्यासेज र लगभग २ अर्ब कल छन्। नयाँ वर्षको दिनमा यो संख्या उल्लेखनीय रुपमा बढ्छ। यस समयमा व्यक्तिगत म्यासेज, ग्रुप म्यासेज, भिडियो कल र भ्वाइस कलको संख्या पनि बढ्छ।

सबैले एक–अर्कालाई नयाँ वर्षको शुभकामना दिन ह्वाट्सएप प्रयोग गर्छन्। नयाँ वर्षका अवसरमा ह्वाट्सएपले नयाँ सुविधा घोषणा गरेको छ।
नयाँ वर्षको अवसरमा कम्पनीले नयाँ स्टिकर प्याक अनावरण गरेको छ। तपाइँले यी स्टिकरलाई आफ्नो च्याटमा सबैलाई नयाँ वर्षको शुभकामना दिन प्रयोग गर्न सक्नुहुन्छ।

नयाँ वर्ष २०२६ लाई ध्यानमा राख्दै प्रयोगकर्ताले भिडियो कलको समयमा केही नयाँ इफेक्ट्स अनुभव गर्नेछन्। यसमा फायरवक्र्स, स्टार एनिमेसनलगायत समावेश छन्।

यदि तपाइँले नयाँ वर्ष २०२६ का लागि ह्वाट्सएप स्टेटस सेट गर्नुभयो भने तपाइँले नयाँ प्रकारका स्टिकर देख्नुहुनेछ। यसमा एनिमेसन स्टिकरसहित डेडिकेटेड लेआउट समावेश छ।

तपाइँले नयाँ वर्षको लागि ह्वाट्सएपमा स्टेटस सुविधहरु सजिलै प्रयोग गर्न सक्नुहुन्छ र आफ्नो पार्टी वा कार्यक्रम व्यवस्थित गर्न सक्नुहुन्छ।

तपाइँ ह्वाट्सएप ग्रुपमा इभेन्ट क्रिएट गर्न र म्यासेज पिन गर्न सक्नुहुन्छ। तपाइँ कुनै विषयमा सबैको राय संकलन गर्न पोलहरु पनि क्रिएट गर्न सक्नुहुन्छ। लाइभ लोकेसन फिचरले तपाइँलाई नयाँ भेन्यु फेला पार्न मद्दत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS