IME Life New

शेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ७७ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई सम्मुनत योजनका इकाईधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाउका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS