काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा झरेको हो।
यो दिन नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। आज विकास बैंक समूह सर्वाधिक ०.६७ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.८२ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ८५ कम्पनीको शेयरभाउ बढ्दा १६५ वटाको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा करिब पौने ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एसवाई प्यानलः २३ करोड २ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः १७ करोड ९८ लाख रुपैयाँ
- शिवम सिमेन्टः १३ करोड ६३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १२ करोड १० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड ९२ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः १० करोड १९ लाख रुपैयाँ
- बुटवल पावरः ९ करोड २८ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः ८ करोड ४४ लाख रुपैयाँ
- छिमेक लघुवित्तः ८ करोड ३० लाख रुपैयाँ
- राधी विद्युतः ७ करोड ३८ लाख रुपैयाँ


















