काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर थपिएको हो। यो कम्पनीको ५ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।
मुक्तिनाथ कृषि कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। सोही शेयर आज नेप्सेमा थपिएको हो।


















