काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य रेकर्ड उच्च पुगेसँगै भारतीयहरुको घरमा रहेको सुनको कुल मूल्य ५ ट्रिलियन डलर नाघेको छ। यो भारतको कुल जीडीपी ४.१ ट्रिलियन डलरभन्दा बढी छ।
मोर्गन स्टेनलीको रिपोर्टअनुसार भारतीयहरुको घरमा लगभग ३४ हजार ६०० टन सुन भण्डारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ५०० डलरभन्दा बढीमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार भारतको जीडीपी हाल लगभग ४.१ ट्रिलियन डलर रहेको छ। यसको अर्थ भारतीयहरुको घरमा रहेको सुनको कुल मूल्य देशको सम्पूर्ण अर्थतन्त्रभन्दा बढी मूल्यवान छ।


















