IME Life New

एनभिडियालाई उछिनेर दोस्रो सबैभन्दा मूल्यवान सम्पत्ति बन्यो चाँदी, पहिलो कुन हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाँदीको माथिल्लो प्रवृत्तिले रोकिने कुनै संकेत देखाएको छैन। आज चाँदीको अन्तर्राष्ट्रिय मूल्य ८ प्रतिशतले बढेको छ। चाँदी पहिलोपटक प्रतिऔँस ८२ डलर पार गरेको छ।

योसँगै चाँदीको बजार पुँजीकरण ४.८५ ट्रिलियन डलर पुगेको छ। विश्वको सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाको बजार पुँजीकरण ४.६३८ ट्रिलियन डलर रहेको छ। यसरी चाँदी एनभिडियालाई उछिनेर विश्वको दोस्रो सबैभन्दा मूल्यवान सम्पत्ति बनेको छ। सुन लगभग ३० ट्रिलियनको बजार पुँजीकरणको साथ शीर्ष स्थानमा छ।

Esewa
Crest

यस वर्ष चाँदीको मूल्य १८५ प्रतिशतले बढेको छ र यो सन् १९७९ पछिको उत्कृष्ट प्रदर्शन हो। चाँदीको मूल्य बढ्नुका धेरै कारण छन्। यद्यपि, यसको औद्योगिक प्रयोग हालै बढेको छ। चाँदी तीन द्रुत गतिमा उदीयमान उद्योगहरुमा प्रयोग भइरहेको छः सौर्य, विद्युतीय सवारीसाधन र सेमीकन्डक्टर। यसले चाँदीको माग बढाइरहेको छ तर आपूर्ति उही गतिमा बढिरहेको छैन।

चाँदीको मूल्य बढ्नुका अन्य धेरै कारण पनि छन्। उदाहरणका लागि आजकल मानिसहरु सुन र चाँदी मिसाएर गहना बनाइरहेका छन्।

यसबाहेक अमेरिकामा ब्याजदरमा आएको कमीले बहुमूल्य धातुको माग पनि बढाएको छ। अमेरिकामा ब्याजदर घट्दा डलर सस्तो हुन्छ। सुन र चाँदी डलरमा किनबेच गरिन्छ। त्यसैले तिनीहरु अन्य मुद्राको तुलनामा सस्तो हुन्छन्। यसले सुन र चाँदीको माग बढाउँछ। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS