काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो ।
गत शुक्रबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २७० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ३५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार चाँदी तोलामा ४५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।


















