IME Life New

पाँच महिनामा निर्जीवन बीमकको व्यापार १९ अर्ब ४८ करोड, कुनले कति गरे बीमाशुल्क संकलन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल करिब साढे १९ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेर १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS