काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई गोएएमएल प्रणालीमा आबद्ध हुन ताकेता गरेको छ।
विभागले एक सूचना जारी गर्दै आबद्ध हुन बाँकी रहेका सहकारी संस्थालाई यस्तो ताकेता गरेको हो। हालसम्म यो प्रणालीमा २ हजार २०० वटा सहकारी संस्थामात्र आबद्ध विभागले जनाएको छ।
यसअघि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले गत जेठ ८ गते सूचना जारी गर्दै सबै सूचक संस्थाले गाएएमएल प्रणालीमा रजिस्टर्ड भई (एसटीआर÷एसएआर÷टीटीआर)को रिपोर्टिङ वेब वा एक्सएमएल माध्यमबाट पठाउन आग्रह गरेको थियो। सोहीबमोजिम सहकारी विभागले पनि सबै सहकारी संस्थाहरुलाई यो प्रणालीमा आबद्ध गर्ने कार्यलाई तीव्रता दिइरहेको छ।



















