IME Life New

नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा रु रु जलविद्युत परियोजना, मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

शेयरमूल्य समायोजनपछि मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ७९८ रुपैयाँ २६ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ९ सय १८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

रु रु जलविद्युतको शेयर मूल्य ६ सय ६० रुपैयाँ ९१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय २७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ सय २७ रुपैयाँ ०२ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ७ सय ६८ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

चन्द्रागिरी हिल्सको शेयर मूल्य ८ सय ४३ रुपैयाँ ८१ पैसा कायम भएको छ । कम्पनीको हिजो बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ८ सय ८६ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS