काठमाडौं । शेयर बजार आज बुधबार झिनो अंकले बढेको हो। यो दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा बन्द भएको छ।
सामान्य अंकले बढेको नेप्सेमा आज उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक ०.८५ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा १११ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब सवा ३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानल नेपालको भएको छ।
उच्च कारोबार भएक १० कम्पनी
- एसवाई प्यानल नेपालः १४ करोड ४९ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः १२ करोड ७९ लाख रुपैयाँ
- तेह्रथुम पावरः ९ करोड ५७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ७ करोड ३४ लाख रुपैयाँ
- सिद्धार्थ बैंकः ६ करोड ३२ लाख रुपैयाँ
- आशा लघुवित्तः ५ करोड ९८ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५ करोड ४८ लाख रुपैयाँ
- राधी विद्युतः ४ करोड ६८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४ करोड ४३ लाख रुपैयाँ
- हिम स्टार ऊर्जाः ४ करोड ३१ लाख रुपैयाँ


















