IME Life New

प्रतिशेयर रु. ३० नगद लाभांश दिने नेपाल टेलिकमको घोषणा, एजीएम पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

यो लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि यही पुस ३० गते आयोजना गरिने १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS