IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Esewa
Crest

नेप्सेले एनएमबि बैंकको ५ प्रतिशत र साना किसानको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनएमबिको शेयरमूल्य २४२ रुपैयाँ ७६ पैसा कायम भएको छ भने साना किसानको ७७१ रुपैयाँ ९९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा एनएमबिको शेयर प्रतिकित्ता २५४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो भने साना किसानको ८८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS