काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २,५८४ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् । गराँस लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।



















